You are viewing the translated version of विदेशी लगानी भित्र्याउनु पर्ने अवधि.

Rule 9
विदेशी लगानी भित्र्याउनु पर्ने अवधि
(१) नियम ८ बमोजिम विदेशी लगानी गर्न स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले त्यस्तो स्वीकृति प्राप्त गरेको एक वर्षभित्र देहाय बमोजिमको विदेशी लगानी भित्र्याउनु पर्नेछः-
(क) ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको न्यूनतम रकम लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पच्चीस प्रतिशत रकम,
(ख) खण्ड (क) बमोजिमको न्यूनतम रकमभन्दा बढी पच्चीस करोड रूपैयाँसम्म विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पन्ध्र प्रतिशत रकम,
(ग) पच्चीस करोड रूपैयाँभन्दा बढी एक अर्ब रूपैयाँसम्म विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा दश प्रतिशत रकम,
(घ) एक अर्ब रूपैयाँभन्दा बढी विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पाँच प्रतिशत रकम।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ८ बमोजिम स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा सत्तरी प्रतिशत रकम आफूले लगानी गरेको उद्योग वा व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु अघि र बाँकी तीस प्रतिशत रकम त्यस्तो उद्योग वा व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ भएको दुई वर्षभित्र लगानी गरिसक्नु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालनमा रहेको कुनै उद्योगको शेयर खरिद गरी लगानी गर्ने विदेशी लगानीकर्ताले बिदेशी लगानी स्वीकृत भएको एक वर्षभित्र त्यस्तो विदेशी लगानी गरिसक्नु पर्नेछ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको विदेशी लगानी स्वीकृत भएको उचघोगले त्यस्तो स्वीकृति बमोजिम विदेशी लगानी भित्र्याई नसकेको भए यो नियमावली प्रारम्भ भएको छ महिनाभित्र विदेशी लगानी सम्बन्धी कार्य योजना स्वीकृत गराई सो बमोजिम विदेशी लगानी गरिसक्नु पर्नेछ।